काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै
काठमाडाैं | असार २७, २०८२
तस्बिर फाइल
काठमाडौं: काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका हुन् ।
सो अघि बिहान ११ः०० बजे बजेट स्रोत समितिको बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बसाउने छिन् ।
कानुनी तथा औपचारिकता पूरा भए दिउँसो २ः०० बजेको कार्यपालिका बैठक बस्ने र सोही बैठकले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट नगर सभामा पेस गरिनेछ ।
सोही कार्यपालिकाले नगर सभा बैठकले मिति नै तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी मेयर साहले गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र मेयर बिचको विवादका कारण महानगरको बजेट आउन सकेको थिएन ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

